विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था विराटनगरको निक्षेप अनुमानित लक्ष्य भन्दा बढी भएको छ । आर्थिक वर्ष २०८०–०८१ कालागि सहकारीले ३० करोड ९५ लाख २७ हजार ७४८  को लक्ष्य लिएको थियो ।

सहकारीले ११२ प्रतिशतको प्रगति हासिल गरेको जनाएको छ । सहकारीका अध्यक्ष जीवन काफ्लेले सहकारीको स्थापना दिवसका अवसरमा आर्थिक वर्ष २०८०।०८१ मा ३४ करोड ९४ लाख ६८ हजार ३७० निक्षेप सङ्कलन भएको जानकारी दिए ।  यो निक्षेप सङ्कलन लक्ष्य भन्दा बढी भएको दाबी उनको छ । 

त्यस्तै सहकारीको पुँजी तथा दायित्व ४८ करोड २५ लाख ५ हजार ९५२ रुपैयाँ ३३ पैसा रहेको छ भने शेयर पुँजी ६ करोड ६९ लाख ४२ हजार ८ सय रुपैयाँ रहेको छ । 

omm

सहकारीको कोष हिसाब ४ करोड ३० लाख ५२ हजार ३३८ रुपैयाँ रहेको  र ऋण लगानी ३३ करोड ४४ लाख ८१ हजार ५१२ रुपैयाँ भएको काफ्लेले बताए । विराटनगरमा  आयोजित नेपाल निजामती कर्मचारी सङ्गठन मोरङको विस्तारित बैठक तथा सम्मान कार्यक्रम एवं राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्थाको २७औँ स्थापना दिवसका अवसरमा विभिन्न व्यक्तिलाई सम्मान समेत गरेको छ।  सेवा निवृत्त  भएका निजामती कर्मचारी सङ्गठन मोरङका अध्यक्ष ओम सुवेदीलाई सम्मान गरिएको थियो । उनलाई कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले सम्मान गरे । त्यस्तै सहकारीका ऋण सहायक पदमा कार्यरत कर्मचारी ओम पौडेललाई नगद ५ हजार सहित सम्मान गरिएको छ । हरेक वर्ष स्थापना दिवसको अवसरमा सहकारीले उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने गरेको छ । 

सुवेदी सेवा निवृत्त भएसँगै निजामती कर्मचारी सङ्गठन मोरङको अध्यक्षमा शालिग्राम कोइरालालाई चयन गरिएको छ।   त्यस्तै सङ्गठनको सचिवमा रामखेलौन मेहता र सह सचिवमा सुरेश  ढुङ्गेल चयन भए ।