विराटनगर । मोरङका पालिकाहरूमा डेँगु रोकथाम तथा नियन्त्रण कोलागि सचेतना अभियानलाई तीव्र बनाइएको छ । सरोकारवालाहरूलाई जिम्मेवार बनाई डेँगु  नियन्त्रणमा सहभागिता सहितको सचेतना जगाउने उद्देश्यले अभियानलाई तीव्र बनाइएको हो । अभियान अन्तरगत  एक हप्ता भित्र जहदा र ग्रामथानमा सचेतना कार्यक्रम सञ्चालनमा आएको छ ।  पालिकाहरूको आयोजनामा भएको कार्यक्रमलाई सहारा नेपाल, फेयरमेड लगायतले आर्थिक सहयोग गरेका छन् । 
आइतबार ग्रामथान गाउँपालिकामा डेंँगु खोज र नष्ट गर अभियान अन्तरगत सचेतना मुकल कार्यक्रम आयोजना गरिएको थियो । सहारा नेपाल र एनएलआरको प्राविधिक सहयोगमा भएको कार्यक्रममा डेँगु नियन्त्रण गर्ने उपायहरू सहित सामूहिक अभ्यास गर्दा हुने फाइदाहरूको बारेमा जानकारी गराइएको थियो । पछिल्लो समय डेँगुको सङ्क्रमण बढ्दै जाँदा मोरङ जिल्लाका धेरै ठाउँमा यो अभियानलाई तीव्र बनाइएको सहारा नेपाल विश्वास परियोजनाका मोरङ सुपरभाइजर सौरभ बगालेले जानकारी दिए । 
dangue  (2)
कार्यक्रममा बोल्दै ग्रामथान गाउँपालिकाका कार्यवाहक अध्यक्ष गुणवती देवी थारुले पालिकामा डेंँगुको सङ्क्रमण रोकथाम कोलागि  कामहरू भइरहेको बताइन्  । पालिका स्तरबाट अभियानहरू चलाई रहेकोले त्यसलाई जन स्तरमा पुर्‍याउने उनको प्रतिबद्धता छ ।   डेँगु नियन्त्रण अभियानमा लाग्न उनले सबै  जनप्रतिनिधि, कर्मचारी तथा नागरिक पनि सचेत भएर लाग्नु पर्नेमा जोड दिइन् । ग्रामथान गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले यो अभियान एउटा घरबाट मात्र नभई समुदाय, समाज, वडा, पालिका सबै एक भएर लाग्नु पर्ने बताए । यसमा नागरिक तहको सहयोग महत्त्वपूर्ण हुने भट्टराईको भनाई छ। 

सहारा नेपालको सहयोगमा जहदा गाउँपालिकामा समेत यस्तै कार्यक्रमको आयोजना गरिएको थियो । जहदामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पालिकाका विभिन्न शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो । सरोकारवालाहरू सहभागी कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साहले जहदाका नागरिकलाई बुझाउन निक्कै चुनौती रहेको बताए ।  जनचेतनाको स्तरलाई बढाउ कोलागि  सबै लाग्न उनले आग्रह गरे । फेयरमेड, सहाराको सहयोगमा डेँगु नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम लेटाङ, पथरी तथा रङ्गेली लगायतका जिल्लाहरूमा निरन्तर हुने जनाइएको छ। डेँगु नियन्त्रणका लागि एउटा मात्र उपाय भनेको खोज र नष्ट गर नै रहेकोले फगिङ गर्ने, धुवाँ लगाउने जस्ता कार्य गर्न नहुने स्वास्थ्य विज्ञहरू बताउँछन्  ।