सुनसरी । कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डमा भेडेटार घुम्तीमुनीको कोल्वोटे क्षेत्रमा सडक भासिएर अवरुद्ध भएको सडक आंशिक रुपमा मात्र सञ्चालन हुन सकेको छ । 

लगातारको बर्षा पछि पहिरोले सडक बगाएपछि पहाडी क्षेत्र जाने सडक अवरुद्ध भएको छ ।  


पहरी चौकी भेडेटारका अनुसार  पहिरोबाट सडक भासिएपछि साना सवारी साधनलाई एकतर्फी रूपमा चलाइए पनि ठूला सवारी साधनको आवतजावत भने रोकिएको छ।

हाललाई एकतर्फी रूपमा माइक्रो, सुमो जस्ता साना सवारीसाधन मात्र सञ्चालन भइरहेको छ ।  सडक जोखिमपूर्ण अवस्थामा रहेका कारण यात्रु नभएका खाली बसहरूलाई मात्र एकतर्फी आवतजावतको अनुमति दिइएको छ ।