विराटनगर । साहित्यकार उमानाथ भट्टराईको ‘अचल’ महाकाव्यको लोकार्पण गरिएको छ । 
पूर्वाञ्चल साहित्य प्रतिष्ठानले विराटनगरमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रा. कविराज न्यौपाने लगायतले महाकाव्यको लोकार्पण गरे ।  पूर्वाञ्चल साहित्य प्रतिष्ठानका उपाध्यक्ष भूषण ढुङ्गेल, विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, संस्थापक अध्यक्ष बलराम पोखरेल, डा. नरेन्द्र चापागाईँ स्मृति प्रतिष्ठानकी संरक्षक सरला चापागाईँ, चारु प्रतिष्ठानका अध्यक्ष डा. देवी पन्थी, नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश अध्यक्ष बाबुराम पोखरेल, छन्द बाटिकाका अध्यक्ष हरि कट्टेल, नेपाली लेखक सङ्घ कोशी प्रदेश समितिका महासचिव मीनकुमार नवोदित, झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईँ बर्बरिक लगायतले संयुक्त रूपमा महाकाव्यको लोकार्पण गरेका थिए । विमोचित महाकाव्यका बारेमा समालोचकसमेत रहेका कवि हरि कट्टेलले समीक्षा गरे । उनले महाकाव्यले समसामयिक विषयलाई उजागर गरेको बताए । 
खोटाङ सामाजिक सेवा मञ्चको भाषा, साहित्य कला उन्नय उपसमितिको संयोजनमा भएको कार्यक्रममा भवानीशंकर पोखरेल, अन्जु अश्रु, जमुना पौडेल, गोपाल निर्भीक, लक्ष्मी घिमिरे रेग्मी, दिङ्लाली कान्छो, शारदा भट्टराई, चन्द्रक्रान्त भट्टराई, अच्युतमणि पौडेल, भरत गुरागाईँ बर्बरिक, अक्ष्ली पोखरेल, रीता पाठक, लक्ष्मी रायमाझी, प्रयाग न्यौपाने, नेत्र खतिवडालगायत तीन दर्जनभन्दा बढीले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । आयोजक संस्थाका उपाध्यक्ष भूषण ढुङ्गेलको अध्यक्षतामा भएको कार्यक्रम कवि लक्ष्मी पोखरेलले सञ्चालन गरेकी थिइन् । 
सोही अवसरमा खोटाङ सामाजिक सेवा मञ्चका तर्फबाट महाकाव्यकार भट्टराईलाई सम्मानसमेत गरिएको थियो ।  खोटाङ सामाजिक  सेवा मञ्चको सभा हलमा  पुर्वान्चल साहित्य प्रतिष्ठान विराटनगर  र खोटाङ सामाजिक सेवा मञ्च,  भाषा कला साहित्य उन्नयन उपसमितिले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेका थिए ।  कार्यक्रममा मोरङ र सुनसरीका २० जना भन्दा बढी साहित्यकारहरूले कविता, मुक्तक तथा गजल समेत वाचन गरेका थिए ।    साहित्यकार भट्टराईका यस अघि ७ वटा कृति प्रकाशित भएका छन् भने  यो आठौँ कृति हो ।
यस अघि प्रकाशित कृतिहरू आमा खण्डकाव्य , पाथीभरा लघु काव्य, जिबोद्वार स्तोत्र, मेरो विश्व  नवकाव्य, अधुरो सपना स्मृति काव्य, वत्स देखी थिरसम्म स्मृति काव्य प्रकाशित भैसकेका छन्  । तेह्रथुम म्याङ्लुङमा  रहेर  करिब ३५ वर्ष शिक्षण तथा  क्याम्पसमा प्राध्यापन गरी साहित्यमा साधनारत छन्द कवि भट्टराई हाल विराटनगरवासी हुन् ।