विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी र मन्त्रालयका निमित्त सचिव कमल थापाबिच कार्य सम्पादन सम्झौता भएको छ । 
प्रदेश सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०७६ र नियमावली २०७७ अनुसार मन्त्री ले  कार्य सम्झौता गरेका हुन् ।  मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै मन्त्रीहरूलाई साउन १५ गतेभित्र कार्यसम्पादन सम्झौता गर्नलाई निर्देशन दिएका थिए ।  सोही अनुरूप मन्त्रालयले सम्झौता गर्न सुरु गरेको हो ।

कार्कीले १५ गते भित्र मन्त्रीलाई सचिवसँग र सचिवले मातहतका कार्यालय प्रमुख र महाशाखा प्रमुखसँग सम्झौता गर्नका लागि निर्देशन  दिएका थिए ।  मुख्यमन्त्री कार्कीले साउन १ गते देखि  नै  लागु हुने गरी कोशी प्रदेशका प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता गरिसकेका छन्  ।   कार्य सम्पादन गरेपछि मन्त्रालय र मातहतका कामहरू प्रभावकारी हुने र काम सम्पन्न गर्न सजिलो हुने बताइएको छ।