विराटनगर। नेकपा माओवादी केन्दका प्रदेश सभा सदस्यहरूले कोशी प्रदेश सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएका छन् । सरकारमा रहेका मन्त्रीहरूले राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन भने तत्काल फिर्ता नलिने माओवादीले जनाएको छ । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले आयोजना गरेको पत्रकार सम्मेलनमा संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले सरकारलाई दिएको समर्थन भने तत्काल फिर्ता नलिने बताए । 
उनले भने,‘मुख्यमन्त्रीले बाम एकता जोगाउँछु भन्नु भएको थियो । सोही अनुसार हामी सरकारमा बसेका थियौ । तर सहमतिको सरकार गठन नहुने भएपछि सरकारबाट बाहिरिएका हौ ।’उनले आजै सबै मन्त्रीहरूले राजीनामा दिने बताए । हाम्रा प्रदेश सभा सदस्यहरूको समर्थनमा संविधानको धारा १६८(५) अन्तरगत यो सरकार बनेको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिनका सबै प्रदेश सभा भेला हुन पर्छ त्यतिन्जेल सम्मका लागि समर्थन रहिरहन्छ ।