विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले जनताको कुरा उठाउन सङ्घर्ष गर्ने बताएका छन् । विराटनगरमा पत्रकार सम्मेलन गर्दे पूर्व मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारले ल्याएका योजनाहरू जनताको पक्षमा रहेको र ती योजना कटौती भएकाले जनताको पक्षमा लोकतान्त्रिक विधि अनुसार सङ्घर्ष गर्ने बताए ।

उनले आफू नेतृत्वको सरकारले ल्याएको १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचारको योजना काटिएकोमा रोष प्रकट गरे । यस्तै जसको जङ्गल उसको मङ्गल जनवार मैत्री जङ्गल, महिला स्वास्थ्य सेवीकालाई प्रोत्साहन कार्यक्रम, केशलीया कोरिडोर निर्माणको योजना यो सरकारले काटेको भन्दै आफू जस्तो सुकै सङ्घर्षमा उत्रने बताए ।

कस्तो सङ्घर्ष भन्ने पत्रकारको जिज्ञासामा  उनले अनसन सम्मको पनि हुन सक्ने बताए । पूर्व मुख्यमन्त्री कार्कीले आफै नेतृत्वको सरकारले शैले जा आचार्य ह्दय रोग केन्द्र सञ्चालन, विभिन्न विद्यार्थीलाई छात्रावृती, सुकुम्वासीलाई जग्गा खरिद अनुदान कार्यक्रम यो सरकारले निरन्तरता गर्नु पर्ने बताए । 

उनले यो सरकारले ल्याएको बजेट सेटिङ्गका आधारमा ल्याएको आरोप लगाए । पूर्व मुख्यमन्त्री कार्कीले प्रदेश सरकारमा काङ्ग्रेस पनि छ उसैको विरुद्धमा सङ्घर्षमा उत्रने भन्ने जिज्ञासा आफू जनताको पक्षमा सङ्घर्षमा उत्रने बताए ।