विराटनगर । कोशी प्रदेश बचत तथा ऋण सहकारी सङ्घको वार्षिक साधारण सभा  विराटनगरमा सम्पन्न भएको छ । सङ्घको अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षतामा भएको साधारण सभाले सङ्घको वार्षिक प्रगति प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदन सर्वसहमत पारित गरेको छ । 
साधारण सभाले सङ्घको अध्यक्षमा सहकारी अभियान्ता हरि सुवेदीलाई सर्वसम्मत चयन गरेको छ ।
सङ्घको शनिवार विराटनगरमा सम्पन्न वार्षिक साधारण सभाले केही सदस्य पछि थप्ने गरी ९ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 
सङ्घको वरिष्ठ उपाध्यक्षमा चन्द्रा खड्का, उपाध्यक्षमा जीवन काफ्ले, सचिवमा एकराज निरौला, सह सचिवमा मिनीराज चौधरी र कोषाध्यक्षमा विपी भट्टराई सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक तथा राष्ट्रिय सहकारी महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले जानकारी दिए । 
संयोजक पोखरेलका अनुसार सदस्यमा गणेश कुमार दनुवार, गोपाल बाराकोटी र अमृत गुरुङ चयन भएका छन् । 

त्यसै गरी सङ्घको लेखा समिति संयोजकमा कृष्ण प्रसाद मिश्र सर्वसम्मत चयन भएका छन् भने सदस्यमा वीरेन्द्र कुमार यादव र उमेश कुमार चौधरी चयन भएका छन् ।