सुनसरी - सुनसरीमा ९७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार आइतबारसम्म ९७ प्रतिशत रोपाई सकिएको हो ।

यो वर्ष पर्याप्त पानी उपलब्ध भएकाले जिल्लामा ९७ प्रतिशत रोपाइँ सकिएको ज्ञान केन्द्रका प्रमुख नीलकमल सिंहले जानकारी दिए । पानी पर्ने क्रम नरोकिएकाले अबको केही दिनभित्र सत प्रतिशत रोपाई सकिने सिंहले जानकारी दिए ।

 उनका अनुसार धानको ब्याड राखेको ठाउँ र चैते धान लगाइएको केही ठाउँ बाहेक अन्य स्थानमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । गत वर्ष भन्दा यस वर्ष पानी बढी परेकाले तुलनात्मक रूपमा यस वर्ष बढी रोपाई भएको हो ।