विराटनगर ।   भोजपुरमा गएको बाढी पहिरोमा परी  घरबार विहीन भएका परिवारलाई प्रदेश सरकारले राहत उपलब्ध गराएको छ।  बाढी पहिरोबाट विस्थापित भएकाहरूलाई कोशी प्रदेशका मन्त्री र राज्यमन्त्रीले राहत वितरण गरेका हुन् । 
साल्पासिलिछो गाउँपालिकाको दोभान, षडानन्दा नगरपालिका पुगेर राहत वितरण गरिएको हो ।  बाढी पहिरोमा परेमा १५ घरपरिवार एक साताअघि विस्थापित भएका थिए । विस्थापितलाई प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी र मुख्यमन्त्री कार्यालयकी राज्यमन्त्री सिर्जना राईले राहत वितरण गरेका हुन् । ५ परिवारलाई तत्कालै राहत दिएको र अरुलाई विवरण आएपछि राहत दिइने राज्यमन्त्री राईले जानकारी दिइन् । 
Lila
इर्खुवा खोला बाढीबाट मृत्यु भएका मृतक परिवारलाई कोशी प्रदेश सरकारले  राहत वितरण गरेको छ । यहि साउन १६ गते आएको बाढीका कारण मृत्यु भएका दुईजनाका परिवारलाई राहत वितरण गरिएको कोशी प्रदेश सरकारकी राज्यमन्त्री   सिर्जना राईले जानकारी दिईन्  ।  बाढीले बगाउदा इर्खुवा खोला हाइड्रोपावरमा काम गर्ने कामदार श्यामकुमार थारु र रमेश थारुको मृत्यु भएको थियो । प्रदेश सरकारको तर्फबाट तत्काललाई मृतक परिवारलाई एकखका दरले दुई लाख रुपैयाँ राहत उपलब्ध गराईएको मन्त्री राईको भनाई छ ।  मृतक बर्दियाका हुन् । 
‘प्रदेश सरकारको तर्फबाट स्थलगत रुपमा घटना स्थलको अनुगमन गरेर पीडितलाई राहत वितरण गरेका छौँ, उनले भनिन्,   मानवियसँगै निकै ठूलो भौतिक क्षति भएको छ ।’
उनीहरू त्यस क्षेत्रमा विद्युत् गृह, झोलुङ्गे पुल लगायतमा भएको क्षतिको अनुगमन गर्न घटनास्थलमै पुगेका थिए ।