विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू, पदाधिकारी र कार्यकर्ताहरू प्रदूषित भएको बताएका छन् । 
नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटीको सातौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले भने, ‘अध्यक्ष भएको नाताले आफू प्रदूषित भएको आत्मालोचना गर्छु । म मात्रै होइन पदाधिकारी र तपाँईरु पनि प्रदूषित हुनु भएको छ । ’
जनयुद्धका बेला हजारौ होलटाइमर कार्यकर्ताहरू थिए । उनीहरूको व्यवस्थापन आफैले गर्नु पर्छ भनियो । व्यवस्थापनका लागि हामी प्रहर्षित भयौ । उनले भने, कहिले मेहनत गरेर व्यवस्थापन गर्नु भयो अरूले २ नम्बरी गरेर व्यवस्थापनमा लाग्नु भयो । ’

अध्यक्ष प्रचण्डले दलाल पुँजीपतिहरूको भुल भुलायैका कारण पार्टीमा समस्या भएको बताए । उनले भने, हाम्रो पार्टीलाई दलाल पुँजीपति र विभिन्न गिरोहले भुल भुलायैमा पारे । हाम्रो पार्टी नेता र कार्यकर्ताहरूलाई प्रदूषित बनाए । ’
बहुदलीय प्रतिस्पर्धाको राजनीतिमा माओवादी त्यति अनुभवी नभएको भन्दै यसैको फाइदा उठाएर दलाल पँुजीपतिहरुले पार्टीमा चलखेल गरेको प्रचण्डको दाबी छ ।  

पार्टीको बैठकमा अध्यक्ष प्रचण्डले माओवादी पार्टीको विभाजनले आन्दोलन नै अर्कै मोडमा पुगेको स्वीकार गरे । उनले पार्टी विभाजन हुनुको कारण पनि आफू भएको बताए । 
उनले भने,‘ हामीले विद्रोह की चुनाव भन्ने कुरालाई छान्न सकेनौ चुनाव पनि भन्यौ र विद्रोह पनि । चुनाव र विद्रोह सँग सँगै भन्नु नै माओवादी आन्दोलनको गल्ती भयो । ’
चुनाव पनि विद्रोह पनि भनेका कारण साथीहरूले पार्टी विभाजन गर्नु भयो । चुनावै हो भनेको भए पनि उहाँहरू जानु हुन्थेन । उनले बैठकमा बताए । 

पार्टी अध्यक्ष भएका नाताले यो गल्तीको जिम्मा पनि मै लिन्छु । उनले भने, क्यान्टेन्टमेन्टमा जनमुक्ति सेना राखेर विद्रोह गर्छु भन्नु मेरो गल्ती थियो । यो गल्ती नगरेको भए साथीहरू फुटेर जाँदैन थिए। विद्रोह नै भनेको भए पनि हामी एक हुन्थ्यौ । 
उनले गल्ती गर्न नछाड्ने पनि पार्टीको विशेषता भएको बताए । गल्ती देखि डराउने पार्टी अगाडि बढ्न सक्दैन । उनले भने गल्ती गर्न डराउने पार्टीले प्रगति गर्न नसक्ने दाबी गर्दै  उनले गल्ती थाहा पाएपछि आत्मालोचना गर्न पनि पछि नपर्ने भएकाले हाम्रो पार्टी अरू पार्टी भन्दा फरक भएको बताए । 

उनले पार्टी विभाजन भए पनि पुन एकताको कुरा अगाडि बढेको बताए ।  उनले विभाजनमा गएकाहरूसँग रिस राग नभएको बताए  अहिले माओवादी केन्द्रसँग एकताका लागि छुटेर गएकाहरू तयार हुँदै गएको बताए । अहिले केन्द्रिकरणको  कुरा भइरहेको बताए । या् बिचमा धेरै नै प्रदूषित भएको बताए ।