विराटनगर । विराटनगरस्थित लाइफगार्ड अस्पतालमा आज दिउँसो लागेको आगलागी  नियन्त्रणमा आएको छ । अस्पतालको आईसीयू कक्षमा आइतबार दिउँसो आगलागी भएको हो ।

अस्पतालका प्रशासन प्रमुख निरज श्रेष्ठले दिउँसो ३ बजेतिर एक्कासि आगलागी सुरु भएको थियो । आगलागी भएपछि केही बेर भागदौड चलेको थियो । 

 विराटनगर महानगरसहितका पालिकाबाट आएका दमकलको सहायतामा आगो नियन्त्रणमा आएको छ । अस्पताल प्रशासनका अनुसार, आईसीयूमा बिरामी भने थिएनन् । 

अन्य वार्डका बिरामी र कुरुवाहरू सुरक्षित रहेको बताइएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अस्पताल प्रशासनको भनाइ छ ।

क्षतिको विवरण भने आइसकेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।