इटहरी । धरानमा खानेपानी बोर्ड र १० राजनितिक दलहरु बीच वृद्धि भएको महसुल र शुल्क स्थगित गर्ने सहमति भएको छ । आज आज दिउँसोबाट सुरु भएको वार्तामा खानेपानी व्यवस्थापन बोर्ड र राजनितिक दलहरु बीच ३ बुँदे सहमित भएको छ । 

सहमतिको पहिलो बुँदामा खानेपानी तथा सेवा महशुल निर्धारण आयोगलाई लिखित पत्र पठाई जवाफको आधार मानी जवाफ नआउन्जेल पुरानै दर महसुललाई यथावत राख्ने सहमति भएको छ । 

दुई पक्ष बिच भएको वार्ताको दोस्रो बुँदामा बोर्डको पूर्णता बारे अदालतको फैसलालाई मान्ने सहमति भएको छ । अदालतमा मुद्धा विचाराधिन भएकाले उच्च अदालतको फैसला प्राप्त भएपटि सोही अनुसार गर्ने सहमति भएको छ । 

यस्तै तेस्रो बुँदामा खानेपानी बोर्डले ७ दिन भित्र बोर्डको हिसाब सार्वजनिक गर्ने सहमति भएको छ । 

शुल्क तथा महसुल वृद्धिको आन्दोलन चर्कदै गएपछि खानेपानी बोर्डका अध्यक्ष तथा नगर प्रमुख हर्क साम्पाङ्गले आन्दोलनरत १० राजनितिक दलहरुलाई पत्र मार्फत औपचारिक रूपमा वार्तामा बोलाएका थिए । 

वार्ताको आह्वान पछि राजनितिक दल र बोर्डका अध्यक्ष समेत रहेका नगर प्रमुख साम्पाङ्ग बिच बार्ता भएको हो । 

dharan 1

dharan 2