विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको समिति गठन भएका छ। माइती नेपालको पहलमा भएको कार्यक्रममा  पालिका समिति बनाउन सहमत भएको हो । कार्यक्रममा  ग्रामथान गाउँपालिकाको मानव बेचबिखन तथा ओसारपसार विरुद्ध समिति तथा प्राध्यापक सहित  स्थानीय प्रहरीको सहभागिता रहेको थियो । 
कार्यक्रममा गाउँपालिकाका कार्यवाहक अध्यक्ष  गुणावतीदेवी थारुले समितिलाई वैधता दिन कोलागि पालिकाको बोर्ड बैठकमा छलफल गरिने बताइन् । उनले २७ वटा विद्यालयमा मानव बेचबिखन तथा ओसार पसार विरुद्धको अभियान चलाइने जानकारी दिइन् ।  ‘यो अभियान एउटाको लागि मात्र हैन, उनले भनिन्, मानव बेचबिखन तथा ओसार पसार जस्तो जघन्य अपराधलाई रोक्नका लागि समुदायका सबै लाग्नु पर्छ, त्यो अभियान विद्यालय स्तरबाट सुरु गर्न सकिन्छ ।’ 
maiti nepal gramthan
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले यसलाई प्रभावकारी बनाउन कार्यविधि नै बनाउन सक्ने बताए। पालिकाले बनाउने कार्यविधि कार्यपालिकाबाट पारित भएर आए राजपत्रमा प्रकाशित गरेर जान सकिए समिति दिगो हुने उल्लेख गरे । पालिका स्तरीय मानव बेचबिखन तथा ओसार पसार समितिको संयोजकमा पालिकाका अध्यक्ष तथा महिला बालबालिका शाखा प्रमुख लक्ष्मी धिताल सहित  ११ जनाको समिति गठन भएको माइती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद  पोखरेले जानकारी दिए ।
स्थानीय तह स्तरीय समिति गठन भएसँगै समितिको बैठक बसेको छ । मानव बेचबिखन र घरेलु हिंसाको सम्बन्धी विभिन्न पक्षमा छलफल गरिएको थियो ।  समितिले पालिका भित्रका २७ वटै विद्यालयमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको अभियान चलाइने जनाइएको छ । 
मानव बेचबिखनबाट मानसिक स्वास्थ्यमा पर्ने असरको बारेमा पनि  छलफल तथा अभिमुखीकरण कार्यक्रममा  जनप्रतिनिधिहरूलाई पनि सक्रिय गराउने निर्णय भएको छ ।