विराटनगर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामे गाउँमा दुधकोशी नदीमा आएको बाढीले ४ वटा घर र एउटा होस्टल बगाएको प्रहरीले जनाएको छ । थामेमा ४० घर परिवार बसोबास गर्ने गरेका थिए । ४० घर परिवार बसोबास गर्ने भएपनि अहिले सवै परिवार त्यहाँ नरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय नम्चेका प्रहरी निरिक्षक रोशन खड्काले अहिले सम्म मानविय क्षतीको विवरण नआएको बताए ।  घटना स्थलमा प्रहरी पुगेकाले क्षतीको विबरण सङकलन भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय सोलुका प्रमुख प्रहरी नायब उपरिक्षक द्धवारीका प्रसाद घिमिरेले थामे गाँउमा ठूलो बाढी आएको बताए । उनले भने, अहिले भरखरै प्रहरीको टोली पुगेको छ । घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको बताए । 

बाढी के कारण आयो भन्ने अहिले सम्म पुष्टी भइसकेको छैन । हिमताल फुटेको या हिम पहिरो गएको हुन सक्ने अनुमान गरिएको छ ।