विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नियुक्त भएको १ सय दिनको  पुगेको अवसरमा ६० कामका उपलब्धि सार्वजनिक गरेका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा १ सय  दिन पुगेको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारले पुरा गरेका ६० काम सार्वजनिक गरेका हुन् ।  
प्रदेश सरकारले काम गरेन भन्ने गलत प्रचारलाई हटाउन प्रदेशले  आफ्नो कार्यकालमा सम्पन्न भएका योजनाहरूलाई समावेश गरेर सय दिनका उपलब्धि सार्वजनिक गरेको उहाँले बताए । आगामी वर्ष २०८२ लाई प्रदेश पर्यटन वर्ष घोषणा गर्न गरिएको तयारी, प्रदेशका विभिन्न ठाउँमा ट्राफिक लाइट जडान गरेको विषयलाई उपलब्धिको रूपमा सार्वजनिक  गरिएको छ  । 
100

कार्की वैशाख २७ गते  मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश सरकारले सङ्घीय संरचनाका अन्य निकाय भन्दा बढी प्रभावकारी रूपमा काम गरिरहेको भए पनि जनतामाझ यसको काम छैन भन्ने ढङ्गले मात्र प्रचार प्रसार भइरहेको भन्दै उनले उपलब्धिहरू सार्वजनिक गर्नु परेको बताए ।   केही महिनापछि कोशी प्रदेशमा विगत सात वर्षमा भएका विकास र प्रगति पनि सार्वजनिक गर्न लागेको उहाँले जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले सार्वजनिक गरेको एकसय दिने उपलब्धिमा तेह्रथुमको ओख्रे र सुनसरीको हरिपुरमा निर्माण भएको सडक उद्घाटन गरेको, कोशीलाई पूर्ण खोप प्रदेश घोषणा गरेको र धनकुटाको भेडेटारमा  निर्माण भएको स्काईवाक उद्घाटन गरेर सञ्चालनमा ल्याएकोलगायत छन् । 

यसै गरी मुख्यमन्त्री कार्यालयमा प्रदेशवासीको गुनासो सुन्न हेल्लो सिएम कार्यक्रम सञ्चालनमा ल्याएको, विपद्को सूचना दिन प्रदेश पोर्टल सञ्चालन गराएको, प्रदेशका पाँच पालिकामा उद्यमशीलता कार्यक्रम सञ्चालनमा ल्याएको र प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र खोल्न अध्ययन कार्यदल गठन गराएको पनि उपलब्धिमा राखिएको छ । 
Hikmaaaaaaat


यस्तै सङ्खुवासभा र चीनसँग जोड्ने किमाथांङका नाका खुला गराएको, पहाडका ६ जिल्लामा भेटेरिनरी उपचार केन्द्र सञ्चालन गराएको र विपद्मा परेकाहरूलाई राहत तथा उद्धारमा सहयोग गरेको कुरा पनि उपलब्धिमा समावेश छन् । 
यस्तै पाथीभरा, हलेसी, वराहक्षेत्र धार्मिक क्षेत्र समिति अनि केचना कञ्चनजङ्घा पर्यटन समिति, सङ्घीयता कार्यान्वयन र प्रदेश कानुन निर्माण कार्यदल गठन गराएको, चालु वर्षमै कोशी प्रदेशमा लगानी सम्मेलन गर्ने तयारी थालेकोलगायत उपब्धिहरु छन् । यस्तै प्रदेश सरकारले दोस्रो आवधिक योजना निर्माण गरेर कार्यान्वयन थालेको पनि बताए । 

शासकीय सुधारमा जोड 

मुख्यमन्त्री नियुक्त हुँदा उनले प्रदेशमा शासकीय सुधारमा काम गर्ने बताएका थिए । उनले  एक सय दिन पुगेको अवसरमा सार्वजनिक गरेको उपलब्धिको विवरणको पहिलो बुँदामा पनि शासकीय सुधारलाई राखेका छन् । 
मुख्यमन्त्री कार्कीले सय दिनको उपलब्धि सार्वजनिक गर्दै भने,‘ प्रदेश गुनासो व्यवस्थापन निर्देशिका २०८१ स्वीकृत गरी गुनासो व्यवस्थापन पोर्टल पूर्ण रूपमा सञ्चालनमा ल्याएका छौ यसले प्रदेश सरकार प्रति आम नागरिकको गुनासो र सुझाव सङ्कलन गर्न सहज हुने छ ।’ 
100 din

उनले शासकीय सुधारका लागि सङ्घीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माण सम्बन्धी कार्यदल गठन गरेको र कार्यदलको प्रतिवेदनका आधारमा प्रदेश सरकार सञ्चालन गर्ने बताए । 

उनले पछिल्लो समय प्रदेश संरचना प्रति नै नकारात्मक टिप्पणी हुने गरेकाले प्रदेश सरकारले गरेका राम्रा कामहरू सार्वजनिक गर्नु पर्ने बताए । उनले भने,‘ नतिजा मुखी कार्य सम्पादन र जबाफदेहिता अभिवृद्धि गर्न प्रमुख सचिव र सचिवहरूसँग कार्य आर्थिक वर्षको सुरुमै सम्पादन सम्झौता गरेका छौ । यसले जबाफदेहिता बढेर जान्छ भन्ने विश्वास लिएका छौ । ’ 

उनले सार्वजनिक गरेको उपलब्धिमा कोशी प्रदेश प्रशासनका सवालहरू उजागर गर्न, प्रदेशका नीति रणनीति एवम् कार्यक्रमका बारेमा सरल प्रसार गर्न कोशी दर्पण पत्रिका प्रकाशन गरिएको उल्लेख छ ।

प्रदेशका कार्यालय र कर्मचारीको विवरण नभएको अवस्थामा प्रदेश सरकारले प्रदेश निजामती किताब खानाको पोर्टल सञ्चालन गरेको छ ।  मुख्यमन्त्री कार्कीले सय दिनको उपलब्धि सार्वजनिक करण कार्यक्रममा भने, ‘शासकीय सुधारका लागि प्रदेश लोकसेवा आयोग, प्रदेश योजना आयोग, प्रदेश लगानी प्राधिकरण र प्रदेश विकास परिषद्लाई पूर्णता प्रदान गरिएको छ । ’

उनले प्रदेश आयोजना बैङ्क सञ्चालनमा ल्याएर ५० लाख भन माथिका आयोजनाहरूको खरिद प्रक्रिया सुरु  गर्नु भन्दा अगाडि नै अनिवार्य रूपमा आयोजना बैकमा प्रविष्ट गर्नु पर्ने व्यवस्था मिलाउनु पनि प्रदेश सरकारको उपलब्धि भएको बताए ।