सुनसरी । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेस्थित थामे खोला बाढी पीडितलाई राहत वितरण गरिएको छ । बाढीबाट प्रभावित प्रतिघर ६५ हजारका दरले नगद राहात प्रदान गरिएको छ ।
हेलिकप्टर चढेर नाम्चे हुँदै थामे पुगेका रक्षामन्त्री मानवीर राई सहित प्रदेश, जिल्ला र क्षेत्रका जनप्रतिनिधिहरूले गाउँपालिकाबाट ५० र जिल्ला विपद व्यवस्थापन कोषबाट १५ गरी जनही ६५ हजार रुपैयाँ वितरण गरिएको हो ।
बाढीबाट पूर्ण क्षति ब्यहोरेकाहरूलाई सो रकम वितरण गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपि द्वारिका प्रसाद घिमिरेले जानकारी दिए । बाढीबाट २० वटा घर र होटल, तीनवटा विद्यालय र होस्टेल तथा एउटा क्लिनिक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
खुम्बुको ठूलो जलाधार क्षेत्र टासी लाप्चा एरियामा केही दिन परेको अविरल वर्षा र तापक्रम वृद्धिका कारण पर्माफ्रोस्ट ९हिउँ र बालुवा लगायत गेग्रानको मिसावट लामो समयदेखि बगेर बनेको जमिन० पग्लिएर सो बाढी उत्पन्न भएको पूर्वानुमान गरिएको छ ।
बाढीबाट कम्तिमा १४० जना प्रभावित भएका छन् । उक्त क्षेत्रमा रहेका ५ वटा पोखरी मध्ये २ वटा पोखरी फुटेको र अझै २ वटा फुट्न सक्ने प्रमुख जिल्ला अधिकारी देवि खत्री पाण्डेले बताईन ।