काठमाडौँ । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ’एम’ क्लस्टर ५ अन्तर्गत रहेका २४ वटा क्लबका पदाधिकारीहरूको पदस्थापन भएको छ । डिस्ट्रिक्ट गभर्नर चण्डी प्रसाद अर्यालको प्रमुख आतिथ्य तथा क्लस्टर प्रमुख पुरुषोत्तम मैनालीको संयोजनमा आयोजित पदस्थापन गरिएको हो ।
प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर चण्डी अर्यालले लायन्स क्लब अफ काठमाडौँ गुल्मीको अध्यक्ष लोकेन्द्र मल्लको अध्यक्षता र शान्ति शर्मा खरालको सञ्चालन रहेको थियो ।
कार्यक्रमको आयोजक कमिटीमा क्लस्टर चिफ पुरुषोत्तम मैनाली, रिजन चेयरपर्सन भूपराज काफ्ले, दीपक आचार्य, शङ्कर प्रसाद पाण्डे, जोन चेयरपर्सन लोकेन्द्र मल्ल, भवानी खतिवडा, लता शाह चन्द, रिता कँडेल कोइराला, शान्ता अर्याल र कमला ज्ञवाली रहेका थिए । पदस्थापन पश्चात् कार्यक्रमको अध्यक्षता खडा नन्द भट्टराईले गरे । समारोहमा स्वागत मन्तव्य कार्यक्रम संयोजक पुरुषोत्तम मैनाली र धन्यवाद ज्ञापन रिजन चियर पर्सन दीपक आचार्यले गरेका थिए ।
समारोहमा कार्यक्रम संयोजक पुरुषोत्तम मैनालीले हिन्दुहरूको महिलाहरूको महान् चाड हरितालिका तिजको उपलक्ष्यमा उपस्थित महिलाहरूलाई सम्मान स्वरूप सल र चुरा उपहार उपलब्ध गराए । समारोहमा निवर्तमान गभर्नर भिमलाल पौड्याल, पूर्व गभर्नर महेन्द्र पौडेल, फर्स्ट भिडिजी धनिराम बराल, सेकेन्ड भिडिजी रत्नप्रसाद पराजुली, क्याबिनेट ट्रेजरर शम्भु बास्तोला, डिस्ट्रिक्ट चिफ एडभाइजर किशोर बराल, डिस्ट्रिक्ट लिडरहरू दीपक खरेल, लीलामणि खरेल, फर्सुुराम पाण्डे, रामप्रसाद खनाल, रामहरि ज्ञवाली लगायत लायन्स लिडरहरू, विभिन्न क्लबका पदाधिकारी सदस्यहरू, लियो क्लबका पदाधिकारी सदस्यहरू गरी करिब ३५० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गभर्नर चण्डी प्रसाद अर्यालले आफ्नो कार्यकाललाई यो वर्षका लागि ल्याएको ‘टुगेदर वि क्यान’ नारा सफल र सुनौलो बनाउन पद स्थापित क्लबका अध्यक्ष तथा पदाधिकारीलाई आग्रह गरेका थिए ।
कार्यक्रममा विभिन्न क्लबका निवर्तमान अध्यक्षहरूले आफूले सम्पन्न गरेका महत्त्वपूर्ण योजनाहरूको चर्चा गरेका थिए भने वर्ष २०२४÷२५ को लागि अनुबन्धित अध्यक्षले गभर्नरले ल्याएको ‘टुगेदर वि क्यान’ को नारालाई सफल बनाउन अहोरात्र गरिने दाबी गरे ।