इटहरी । फोटोग्राफी पेशामा मोबाइलबाट काम गर्नेहरुले गुणस्तर र रेट विगारेको व्यवसायीक फोटोग्राफरहरुले गुनासो गरेका छन् ।
बजारमा आएका नयाँ फोटोग्राफरहरुले मोबाइलबाट काम गर्दै फोटोको गुणस्तर र बजार रेट विगारेर व्यवसायीक वातावरणमा असर पुगेको फोटोग्राफर संघ मोरङले बताएको छ ।
१८५ औँ विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजित आधारभुत फोटोग्राफी प्रशिक्षण तथा अन्र्तक्रिया कार्यक्रममा फोटोग्राफरहरुले यस्तो गुनासो गरेका हुन ।
अन्र्तक्रिया कार्यक्रममा पछिल्लो समय विकास भएको ए आई लगायतको आधुनिक प्रविधिले फोटोग्राफी पेशमा चुनौति थपिएको फोटोग्राफर संघले निष्कर्ष निकालेको छ ।
पेशागत मर्यादा, कामको गुणस्तरीयतामा ध्यान दिन पनि संघले सबै फोटोग्राफरहरुलाई आग्रह पनि गरेको छ ।
कार्यक्रममा विश्व फोटोग्राफी दिवसको अवसरमा शुभकामना आदानप्रदान गरियो । कार्यक्रमको संयोजन बरिष्ठ उपाध्यक्ष युवराज ओझाले गरेका छन् । कार्यक्रमको अध्यक्षता फोटोग्राफर संघ मोरङका अध्यक्ष पुरण कुमार राईले गरेका थिए ।