विराटनगर । प्रदेश सभाका सदस्यहरूले सभा बोलाउन माग गर्दै दबाब दिएपछि कोशी प्रदेश सभाको बैठक डाकिएको छ । कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले भदौ १८ गतेका लागि सभा बोलाएका हुन् । असार ८ गते प्रदेश सभाको बैठक स्थिगीत भएको थियो । बजेट पास भएपछि स्थगित भएको सभा प्रदेश सभा सदस्य र दलका सचेतकहरूको दबाबमा बोलाइएको हो । 

माओवादी केन्द्रले जनसरोकारका विषय र सरकारको कामबारे समीक्षा गर्न तत्काल प्रदेशसभा बैठक बोलाउन यसअघि नै माग

गरेको थियो भने एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले पनि तत्काल बैठक बोलाउन सभामुखलाई आग्रह गरेका थिए।

सभामुख विष्टले भने नेपाली काँग्रेस सरकारमा सहभागी नभएको र उसलाई सत्तापक्षमा राख्नेकी  कि प्रतिपक्षमा राख्ने समस्या हुने

भन्दै बैठक राख्न आनाकानी गर्दै आएका थिए । तर, एमालेका सांसदहरूले पनि बैठक राख्न दबाब दिएपछि सभामुखले बैठक

बोलाएका छन् । 

बजेट कार्यान्वयनको विषय, दैवि प्रकोपबाट प्रदेशमा भएको क्षति र जनसरोकारका विषयमा छलफल गर्नुपर्ने भन्दै नेकपा

माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अघिल्लो साता नै तत्काल प्रदेशसभाको बैठक राख्न माग गरेका

थिए । सरकारले भने नेपाली काँग्रेस पनि मन्त्रिपरिषदमा सहभागी भएपछि बैठक राख्ने बताउँदै आएको थियो ।

प्रदेशसभा सभामुख अम्बरबहादुर विष्टले भने आफूलाई प्रदेशसभा बैठक बोलाउन कुनै समस्या नभए पनि केही प्राविधिक

अप्ठ्यारो रहेको बताएका थिए ।