विराटनगर । प्रदेश सभाका सदस्यहरूले सभा बोलाउन माग गर्दै दबाब दिएपछि कोशी प्रदेश सभाको भाद्र  १८ गते बाेलाईएकाे  प्रदेश सभाकाे वैठक अगाडि नै सारिएको छ। कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले भदौ १४ गतेका लागि सभा बोलाएका हुन् । असार ८ गते प्रदेश सभाको बैठक स्थिगीत भएको थियो । 
माओवादी केन्द्रले जनसरोकारका विषय र सरकारको कामबारे समीक्षा गर्न तत्काल प्रदेशसभा बैठक बोलाउन यसअघि नै माग
गरेको थियो । एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले पनि तत्काल बैठक बोलाउन सभामुखलाई आग्रह गरेका थिए। एमालेका सांसदहरूले पनि बैठक राख्न दबाब दिएपछि सभामुखले बैठक
बोलाएका छन् । 
img092
बजेट कार्यान्वयनको विषय, दैवि प्रकोपबाट प्रदेशमा भएको क्षति र जनसरोकारका विषयमा छलफल गर्नुपर्ने भन्दै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अघिल्लो साता नै तत्काल प्रदेशसभाको बैठक राख्न माग गरेका थिए । सरकारका तर्फबाट  नेपाली काँग्रेस  मन्त्रिपरिषदमा सहभागी भएपछि बैठक राख्ने बताउँदै आएको थियो ।