सुनसरी । खोटाङको चङखु खोलामा डुबेर दुई जना बालकको मृत्यु भएको छ । शुक्रबार विद्यालयबाट घर फर्कदै गरेका दुई बालकको खोलामा डुबेर मृत्यु भएको हो ।

ऐँसेलुखर्क गाउँपालिका–१ का ९ वर्षीय राज राई र ११ वर्षीय अर्जुन राईको मृत्यु भएको खोटाङका प्रहरी प्रमुख डीएसपी पुरुषोत्तम खड्काले बताए ।

 दुवै बालक जनहित आधरभूत विद्यालयमा अध्ययनरत थिए । राज कक्षा ४ मा र अर्जुन कक्षा ५ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार  स्कुलबाट फर्कने क्रममा बालकहरु नुहाउनलाई खोलामा पसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाको विषयमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।