सुनसरी । इटहरीमा मङ्गलवारदेखि दोस्रो अन्तरबिद्यालय फुटसल प्रतियोगिता हुने भएको छ । सुनसरीको झुम्कामा रहेको अल स्पोर्टस कलेक्सनको आयोजनामा दुई दिनसम्म हुने प्रतियोगितामा सुनसरीका २८ वटा विद्यालयको सहभागिता रहने आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
फुटसलका विभिन्न प्रतियोगिता आयोजना गरिए पनि बिद्यालयस्तरको प्रतियोगिता निकै कम भइरहेको अवस्थामा गतबर्षदेखी प्रतियोगिता आयोजना गर्न थालिएको थियो । इटहरी स्थित पाथीभरा फुटसलमा हुने प्रतियोगितामा गत वर्ष २६ विद्यालय सहभागी रहेकोमा यसबर्ष थप २ गरी २८ विद्यालयले सहभागिता जनाएको आयोजक अलस्पोर्टसका प्रमुख विमल मगरले जानकारी दिए । बालबालिकाका खेल सम्बन्धी कौशललाई विकास गर्ने उद्देश्य राखी “स्वास्थ्यका लागि खेलकुद“ भन्ने नारा सहित आयोजना गरिएको प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार सहित शिल्ड र प्रमाणपत्र पाउने छ । उपबिजेताले नगद २० हजार सहित शिल्ड र प्रमाणपत्र पाउने मगरले जानकारी दिए । 
IMG_5538
    प्रतियोगिताको उत्कृष्ट खेलाडीले स्मार्ट बाई साइकल पाउने र अन्य विधागत क्षेत्रका उत्कृष्ट हुनेहरूले जनही २ हजार र म्यान अफद म्याचले १ हजार ५ सय र टफी पाउने आयोजकले जानकारी दिएको छ । दुई दिनसम्म चल्ने प्रतियोगिता सम्पन्न गर्न कूल गर्न २ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको मगरले जानकारी दिए । बालबालिकाका फरक रुचि अनुसारका विभिन्न खेलकुदमा सुरुदेखि नै अभिरुचि जगाउँदै अगाडि लैजानका लागि पनि प्रतियोगिता आयोजना गरिएकोले अधिकांश विद्यालयले सहभागिता जनाएको आयोजकको दाबी छ ।