सुनसरी । ताप्लेजुङ गोल्ड कपको उपाधि सगरमाथा यूथ क्लब मोरङले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा मधेस प्रदेशको सहलेश युवा क्लब सिरहालाई 1-0 गोलले पराजित गर्दै सगरमाथाले उपाधि जितेको हो ।

सगरमाथाको जीतमा विजय भुजेलले निर्णायक गोल गरे । खेलको तेस्रो मिनेटमै विजयले गरेको गोल नै निर्णायक बन्यो । उपाधि विजेता सगरमाथाले नगद ५ लाख रुपैयाँ र उपबिजेता सहलेश क्लबले नगद २ लाख ५० हजार रुपैयाँ हात पारेको छ ।

सगरमाथाले पहिलो खेलमा बुटवल लुम्बिनी एफसी र गृह जिल्लाको संघर्ष स्पोर्टिङ क्लबलाई पराजित गर्दै फाइनल खेलेको हो । सहलेसले आफ्नो पहिलो खेलमा त्रिभुवन आर्मीलाई पराजित गरेको थियो भने सेमिफाइनलमा बिर्तामोड युनाइटेडलाई पराजित गर्दै सगरमाथासँगको उपाधि भिडन्त पक्का गरेको थियो ।