विराटनगर । स्मृति बोर्डिङ इङ्लिस बोर्डिङ स्कुलले कृष्ण जन्माष्टमीको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ। मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ नेमुवामा रहेको स्मृति बोर्डिङ स्कुलले बालबालिकासँग कृष्ण जन्माष्टमी मनाएको हो ।  आफ्ना संस्कार संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयकी प्रिन्सिपल रिता न्यौपानेले जानकारी दिइन् ।  विद्यालयमा विद्यार्थीलाई राधा र कृष्ण बनाइएको थियो ।  विद्यार्थी मध्ये एकलाई राधा र अर्कोलाई कृष्ण बनाएर रथ रोहणकै झल्को दिने गरी विद्यालय प्राङ्गणमा सजाइएको थियो ।  उनीहरूलाई राधाकृष्णको भजनमा समेत नृत्य गर्न लगाइएको विद्यालयले जनाएको छ।  विद्यालयमा लाखे  सहित विद्यार्थीलाई मनोरञ्जन प्रदान गर्दै श्रीकृष्णको महत्त्व उजागर गर्ने गरी विद्यालयले आयोजना गरेको कार्यक्रममा माथिल्ला कक्षाका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।  
smriti
विद्यालयले हरेक पर्व तथा दिवसहरूमा कार्यक्रम गर्दै आएको प्रिन्सिपल न्यौपानेले बताइन् । ‘हामीले विद्यार्थीको पढाई र सिकाइसँगै अतिरिक्त क्रियाकलापसँग पनि जोड्दै आएका छौँ, उनले भनिन्, हाम्रो मौलिक परम्परा अनुसारका चाडपर्वहरूलाई लक्षित गरेर कार्यक्रमहरू गर्दा विद्यार्थीहरू रमाउने मात्र हैनन् त्यसबाट हाम्रा संस्कार संस्कृति सिक्छन् ।’ कृष्ण जन्माष्टमीको अवसरमा अन्य विद्यालयहरू बन्द रहँदा यो विद्यालयले भनेँ विद्यार्थीहरूसँगै पर्व मनाएको हो ।  smrita