विराटनगर । मोरङमा कार्य क्षेत्र रहेका २ वटा लघुवित्त सस्थाकोकार्यालयमा तोडफोड र आगजनी भएको छ । दुवै घटनामा वित्तीय संस्था विरुद्धको सङ्घर्ष समितिको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कानेपोखरी गाउँपालिकामा रहेको अभियान लघुवित्त वित्तीय संस्थाको कार्यालय र बेलबारी६ बाहुनीमा रहेको नेशनल लघुवित्त वित्तीय संस्थाको बेलबारी शाखा कार्यालयमा आक्रमण, तोडफोड र आगजनी भएको हो ।

अभियान लगुबित्त संस्थाको कार्यालय तोडफोडमा रामबहादुर लिम्बुसहित १०–१२ जनाको समूह गएको प्रहरीले जनाएको छ । सो कार्यालयको कम्प्युटर र कार्यालयको कागजात जलाएको प्रहरीले बताएको छ ।

प्रहरीले तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा कानेपोखरी २ का ६५ वर्षीय रामबहादुर लिम्बु र सोही स्थानकी ३५ वर्षीय कमला मगरलाई पक्राउ गरेको छ ।त्यस्तै नेश्नल लगुबित्ता संस्थामा तोडफोड गर्न माधव गिरीसहित ३०–३५ जनाको समूह गएको प्रहरीले जनाएको छ ।