विराटनगर । कोसी प्रदेश सभामा प्रदेश सांसदहरूले कोसी प्रदेशको संरचना बनाउनु पर्ने माग राखेका छन् । कोसी प्रदेशसभाको शून्य समयमा बोल्दै पहिलो पाँच वर्ष र दोस्रो कार्यकालको दुई वर्ष बित्नै लाग्दा पनि कोसी प्रदेशका कुनै पनि संरचना नभएको बताएका हुन् ।
प्रदेश सभा सदस्य किशोर चन्द्र दुलालले कोसी प्रदेशका संरचना निर्माणको काम कमजोर भएको बताए । उनले कोसीको प्रदेश संरचना निर्माणमा ध्यान दिन आग्रह गरे । वैदेशिक रोजगारीमा जाने युवालाई रोक्न केही सिर्जनात्मक काम गर्नु पर्ने अवस्था रहेको बताए । हिमाली पहाडी क्षेत्रलाई समानुपातिक विकासको मोडल बनाएर काम थाल्न सरकारलाई आग्रह गरे।
सोलुखुम्बुका सांसद गोम्बु शेर्पाले गत साउन ३२ गते हिउँ पोखरी फुटेर आउँदा ठुलो क्षति भएको बताए । हिउँ पहिरोमा परेर ५७ वटा घरमा मान्छे बस्न नसकिने अवस्था रहेको जानकारी दिए ।
‘सुन्दर गाउँ नै बगरमा परिणत भएको छ , उनले भने, ‘ यस्तो अवस्थामा पनि कोसी प्रदेश सरकारको उपस्थिति फितलो र गैर जिम्मेवार देखियो ।’ उनले सोलुको घटनाबाट पनि प्रदेशको विश्वास घटेको, सरकारको कमजोर भूमिका देखिएको उल्लेख गरे ।
‘मुख्यमन्त्री किन पुग्न नसकेको उनको प्रश्न थियो, दुई मन्त्री पुगेको भए पनि पर्यटक जस्तो बनेर सदरमुकाम पुगेर फर्किनु भयो, सरकारलाई बगर बनेको गाउँको पुन निर्माण र पुन स्थापनामा ध्यान दिन आग्रह गर्दछु ।’
वर्षाको समस्या
सांसद रमेशकुमार बस्नेतले वर्षाको कारण धरानमा स्कुले विद्यार्थीको डुबेर मृत्यु भएको सडक अवरुद्ध भएको बताए । उनले क्षति भएको सम्पत्तिको क्षतिपूर्ति दिन सरकारलाई आग्रह गरे ।
कोसी प्रदेश सभा सदस्य शम्सेर राईले निरन्तर वर्षाको कारण इलाम र झापाको सम्बन्ध छुटेको तथा पहिरोले अवरुद्ध भएको बताए । उनले पहिरोले ३ घर परिवार विस्थापित भएको जानकारी दिए । बाटो पुन निर्माण गरी विस्थापितलाई पुन स्थापित गर्न आग्रह गरे । माई खोलाले खेतीयोग्य जमिन नष्ट गरेको समेत उल्लेख गरे ।
सांसद खगेश्वरी पौडेले समेत वर्षाको कारण इलाममा धेरै क्षति भएको बताइन् ।
सांसद मैयाँ श्रेष्ठले फालेलुङमा भएको बम विस्फोटबाट ज्यान गुमाएका बालबालिकाको परिवारलाई क्षतिपूर्ति र
घाइते बालकको उपचारको जिम्मा राज्यले लिनु पर्ने बताइन्। शान्ति प्रक्रिया दुई दशक बितिसक्दा पनि द्वन्द्वका बाछिटा अझै रहेकोले राज्य गम्भीर हुन आग्रह गरिन् ।
किशोर चन्द्र दुलालले कोसी प्रदेशका संरचना किशोर चन्द्र दुलालले कोसी प्रदेशका संरचना निर्माण काम कमजोर भएको बताए । उनले कोसीको प्रदेश संरचना निर्माणमा ध्यान दिन आग्रह गरे ।
वैदेशिक रोजगारीमा जाने युवालाई रोक्न केही सिर्जनात्मक काम गर्नु पर्ने बताए । हिमाली पहाडी क्षेत्रलाई समानुपातिक विकासको मोडल बनाएर काम थाल्नु पर्नेमा जोड दिए ।