विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गरेको अनशनस्थलमा स्थानीय प्रशासनले हस्ताक्षेप गरेको छ । कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । केदार कार्कीलाई नियन्त्रणमा लिने क्रममा  सुरक्षाकर्मी र कार्कीका समर्थकबीच दोहोरो झडप भएको छ । निषेधित क्षेत्रमा आमरण अनशन बसेका कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हाे । उनका समर्थकलाई हट्नका लागि स्थानीय प्रशासनले आग्रह गरेको थियो ।

माइकिङ गर्दा पनि नहटिकन अनशनलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेको हो ।