विराटनगर । निषेधित क्षेत्रमा अनसन बसेका कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई प्रदेश सभा अगाडि अनशन बसेकै स्थलबाट प्रहरीले नियन्त्रणमा लिएको हो । निषेधित क्षेत्रमा अनसन बसेपछि हटाउन पुगेको प्रहरीसँग उनका समर्थकहरूको झडप भएको छ झडपका क्रममा केही प्रहरी र कार्की समर्थकहरू समेत घाइते भएका छन् । केही बेरको झडप पछि प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएको हो । उनीसँगै उनका केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएकाहरूको सङ्ख्या यकिन छैन ।