र । जग्गा भाडामा लिएर खेती गर्दै आएका  भारतीय वृद्ध दम्पतीको करेन्ट लागेर मृत्यु भएको छ । 
मोरङको बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार करेन्ट लागेर भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र उनकी पत्नी ७२ वर्षीय कुमादेवी मण्डलको घटनास्थलमै मृत्यु भएको हो । विद्युत् प्रवाह भइरहेको मोटर चलाएर कल पेल्ने क्रममा दुवै जनालाई करेन्ट लागेको पाइएको प्रहरीले जनाएको छ । मण्डल दम्पती बूढीगंगा–५ का देवनारायण चौधरीको फुसको छानो भएको घर भाडामा लिएर त्यही ठाउँमा खेतीपाती गर्दै आएका थिए ।