विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। बुढीगंगा–५ नयाँ टोलमा करेन्ट लागेर बुधवार भारतीय दम्पतीको मृत्यु भएको हो ।
भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र उनकी श्रीमती ७२ वर्षीय कुमादेवी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । विद्युत् प्रवाह भइरहेको मोटर चलाएर कल चलाउने क्रममा दुवै जनालाई बिहान ११ः५० बजेतिर करेन्ट लागेको थियो । मृतक दम्पती स्थानीय देवनारायण चौधरीको फुसको घरमा बस्दै आएका थिए ।