सुनसरी । सरकारले पाँचथरको फालेजुङ गाउँपालिका–५ डाँडागाउँमा ग्रिनेड विस्फोटमा परेर ज्यान गुमाएका परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
यस्तै विस्फोटमा परी घाइते दुई बालकको उपचारमा लाग्ने खर्च पनि सरकारले बेहोर्ने जनाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विस्फोटमा घाइते भएका दुई बालकको उपचारका लागि लाग्ने खर्च सरकारले बेहोर्ने निर्णयसमेत गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
विस्फोटमा परी साढे २ वर्षीया प्रिन्सा र ११ वर्षीय दिप्सन सावाँको मृत्यु भएको थियो ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा घाइते १० वर्षका पवन राई र सात वर्षका दिप्सन राईको उपचार भइरहेको छ ।