विराटनगर । कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँच कर्ण राईले प्रदेश भित्र सडक आश्रित तथा सहयोगापेक्षी बालबालिका मुक्त बनाइने बताएका छन् । कोशी प्रदेशलाई चाँडै सडक आश्रित तथा सहयोगापेक्षी बालबालिकामुक्त घोषणा गरिने जानकारी गराएका हुन्  ।  ६० औँ राष्ट्रिय बाल दिवसका अवसरमा बालबालिका खोज तलास तथा समन्वय केन्द्र १०४ ले विराटनगरमा आयोजना गरेको कार्यक्रममा  मन्त्री राईले  बालबालिका भोलिका भविष्य भएकाले उनीहरूकोलागी लगानी गरिने दाबी गरे । कोशीलाई बालमैत्री प्रदेश बनाउनकोलागि सरकारले अभियान चलाउने जानकारी दिए ।  कार्यक्रममा विराटनगरका  ताराचन्द खेतान र धरानकी शकुन्तला सुब्बालाई सम्मानित गरिएको छ ।  सोही अवसरमा एक दर्जन बढी बालबालिकाको क्षेत्रमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससहरूलाई प्रशंसा पत्रले वितरण गरिएको थियो । बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका संस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको बालबालिका खोजतलास केन्द्रका समन्वय अधिकृत सुमन अधिकारीले जानकारी दिए ।