विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेकपा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई होच्याउने काम भए अर्को आन्दोलन गर्ने चेतावनी दिएका छन् । मोरङको ग्रामथानस्थित नेता चोकमा आयोजित पार्टी प्रवेश तथा बृहत् जनसभामा बोल्दै उनले हेच्याउने, उपेक्षित गर्ने काम भए माओवादीले अर्को आन्दोलन गर्न सक्ने उनले बताएका हुन्  ।  सरकारले कुलमान घिसिङलाई हटाउन खोजे  ठुलो मूल्य चुकाउने समेत उनले बताए । 
एमालेले आफूले भनेको कुरालाई बङ्ग्याएर भ्रम फिँजाउन खोजेको भन्दै सरकारले जनताको र राष्ट्रको विरुद्ध भ्रष्टाचार मात्रै गरिरहे जनताले देखाउने भन्दै उनको धम्कीपूर्ण अभिव्यक्ति थियो ।   सरकारले कुलमान घिसिङलाई हटाउन खोजे उनीहरूले ठुलो मूल्य चुकाउने बताउँदै त्यसो नगर्न आफूले सुझाव दिएको बताए ।
माओवादीले लडेर आएको व्यवस्थामा बसेर माओवादीलाई नै हेला होचो गर्न कोसिस गरे फेरि आन्दोलन उठ्ने उनको चेतावनी छ ।  'उनीहरूले सत्य र न्यायको गला रेट्ने प्रयास गरे भने दलाल र भ्रष्टहरूको विरुद्ध उठ्नु पर्ने हुनसक्छ, उनले भने ,  जीवनको उत्तरार्ध भए पनि मेरो जोस मरेको छैन, अझै बढ्दै गएको छ।'  भ्रष्टाचारविरूद्द सुशासनको पक्षमा लड्ने जोस आएको उनको भनाई थियो । मरेपछि पनि बाँचिरहने बन्ने मेरो प्रयास छ, उनले भने ।
उनले आफ्नो नेतृत्वमा भएको सरकारले सुशासनको पक्षमा, भ्रष्टाचारको विरुद्ध, सामाजिक न्यायको क्षेत्रमा र आर्थिक समस्या समाधान गर्ने जमर्को गरेको बताए ।
यस्तै मुलुकमा आर्थिक क्रान्ति गर्न भारतमा १० हजार मेगावाट बिजुली बेच्ने सहमति गरेको, पञ्चेश्वर परियोजना अगाडि बढाउन पहल गरेको, चीन भ्रमणको क्रममा बिआरआई परियोजना ल्याउने लगायतका सम्झौता गरेको बताए ।
पर्यटन व्यवसायीको निर्वाचनमा नेपाली काङ्ग्रेस र एमालेको गठबन्धनलाई माओवादी एक्लैले चुनाव जितेर इतिहास रचेको भन्दै प्रचण्डले ग्रामथान गाउँपालिकाको हुन लागेको उप निर्वाचनमा पनि काङ्ग्रेस एमाले मिले पनि माओवादीले जित्नु पर्ने बताए ।
उनले जनताको अपार समर्थन बढ्दै गएको भन्दै ८४ को निर्वाचनमा माओवादीलाई ६४ सालको अवस्थामा पुर्‍याउने दाबी गरे ।  दुई तिहाइको सरकार छ भनेर दम्भ देखाए भने बङ्गलादेशको उदाहरण दिँदै  उनले शतप्रतिशत मत ल्याएको उद्दाम हुसेनको उदाहरण हेर्न सुझाव दिए ।