विराटनगर । ६०औँ राष्ट्रिय बाल दिवसको अवसरमा विराटनगरमा दीप प्रज्वलन गरिएको छ। राष्ट्रिय बाल अधिकार परिषद्, बालबालिका खोज तलास प्रदेश समन्वय केन्द्र १०४, विराटनगरस्थित बालबालिकासँग कार्यरत संस्थाहरूको सहभागितामा दीप प्रज्वलन गरिएको हो ।
00ddf8ad-f6ff-4f92-bc65-496b8d623da3समग्र बालबालिकाको अधिकार सुनिश्चितताको कामना गर्दै विराटनगरस्थित महेन्द्र चोकमा दीप प्रज्वलन गरिएको बालबालिका खोज तलास प्रदेश समन्वय केन्द्र १०४ का समन्वय अधिकारी सुमन अधिकारीले जानकारी दिए। बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्ने, बालबालिकालाई गर्ने व्यवहार घरबाट नै सुरु गर्नु पर्ने लगायतका विषयहरू अझै  सम्बोधन हुन नसकेको सिविनका कार्यक्रम संयोजक बासु अधिकारीले बताए । 
4afae3c3-4c13-4608-8809-fd9429119375 बालबालिकाको संबेदनशिलतालाई बुझेर आफ्ना आनीबानीमा सबैले सुधार गरी बाल अधिकार स्थापित गर्न सबै लाग्नु पर्नेमा सहभागीले जोड दिएका थिए ।