विराटनगर । धनकुटामा प्राकृतिक श्रोत बनबाट हुने राजश्व सङ्कलन बढेको छ। धनकुटामा वन कार्यालयमार्फत प्राप्त हुने राजस्वमा गत  आर्थिक वर्ष २०८०/०८१ मा २४२ प्रतिशतले वृद्धि भएको हो ।  आर्थिक वर्ष २०७९÷०८० मा २६ लाख ७१ हजार दुई सय ४५ रुपैयाँ  सङ्कलन भएकोमा  आर्थिक वर्ष २०८०/०८१मा  ९१ लाख ४९ हजार सात सय ४६ पुगेको जिल्ला बन कार्यालय धनकुटाले जनाएको छ ।
सबैभन्दा बढी राजस्व अन्य सेवा शुल्क तथा बिक्रीमार्फत प्राप्त भएको छ । अन्य सेवा शुल्क तथा बिक्रीमार्फत ८१ लाख ७५ हजार दुई सय ९७ रुपियाँ प्राप्त भएको छ ।
त्यस्तै वन क्षेत्रको रोयल्टीमार्फत ८ लाख ९१ हजार पाँच सय ४९, बेरुजु दाखिला मार्फत ४२ हजार नौ सय र अन्य प्रशासनिक सेवा शुल्कमार्फत ४० हजार प्राप्त भएको डिभिजन वन कार्यालय धनकुटाका प्रमुख भरत बाबु श्रेष्ठले बताए ।