झापा ।  चिया बेचेरै नाम र दाम कमाएका भारत नागपुरका डली चियावाला उर्फ सुनिल पाटिल आज नेपाल आउँदै छन् । भद्रपुरस्थित ग्लोबल इनोभेसन पार्टनर नामको कन्सल्टेन्सीको निमन्त्रणामा उनी सोमबार भारतको बागडोगरा एयरपोर्ट हुँदै साँझ ६ बजे झापा आइपुग्नेछन् । अर्जुनधारास्थित एक रिपोर्टमा आयोजित कार्यक्रममा उनी सहभागी हुने आयोजकले जनाएको छ।  भारतमा निकै लोकप्रिय मानिने डली चियावाला भोलि मङ्गलवार काठमाडौँ जाने छन्   । काठमाडौँमा उनी पाँच तारे सोल्टी होटलमा बस्ने बताइएको छ । 
उनले कार्यक्रमहरूमा सहभागी भएको ५ लाख रुपैयाँ पारिश्रमिक र खाने बस्ने व्यवस्था पाँच तारे होटलमा गर्नुपर्ने सर्त राख्ने गरेका छन् । डली चियावाला घुम्नका लागि पोखरा पनि जानेछन् । 
उनको चिया बनाउने ठेलामा पुगेर माइक्रोसफ्टका संस्थापक एवम् डलर अर्ब पति बिल गेट्सले चिया पिएका थिए । त्यसपछि डली चियावाला संसारभर चर्चित बन्न पुगे ।