विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको सचेतकमा प्रदेश सभा सदस्य ललिताकुमारी चौधरी मनोनयन भएकी छिन् । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले सचेतकमा चौधरीलाई मनोनयन गरेकाे बताए  ।  नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीको २०८१ भाद्र २९ गतेको निर्णयले संसदीय दलको विधानको दफा १० बमोजिम चौधरीलाई सचेतकमा मनोनीत गरिएको प्रमुख सचेतक भण्डारीले जानकारी दिए ।  सचेतकमा मनोनीत चौधरीलाई संसदीय दल, संसदीय दलको मार्ग निर्देशन तथा प्रमुख सचेतकको सल्लाह तथा परामर्शमा आफ्नो जिम्मेवारी पुरा गर्न मनोनीत पत्रमा भनिएको छ । यस अघि सचेतकमा कमला दर्नाललाई मनोनीत गरिएको थियो । दर्नाल न्याय प्रशासन तथा विधायन समितिको सभापतिमा निर्वाचित भएपछि उनको ठाउँमा चौधरीलाई मनोनीत गरिएको हो ।