इटहरी । इटहरी उप महानगरले असोज यही २ गतेबाट नगर बस सञ्चालन गर्दै छ । इटहरी उप महानगरका ग्रामीण क्षेत्रलाई सहर सँग जोड्न भन्दै उप महानगर आफैले नगर बस सञ्चालन गर्नका लागि ४ वटा इलोक्ट्रीक बस किनेको छ ।

चाइनामा उत्पादन भएको बस खरिदमा उप महानगरले भ्रष्टाचार गरेको भन्दै प्रतिनिधि सभा र प्रदेश सभामा समेत कुरा उठेको छ । प्रतिनिधि सभा सदस्य अशोक चौधरीले बस खरिदमा इटहरी उप महानगरमा भ्रष्टाचार र अनियमितता भएको भन्दै प्रतिनिधि सभामा छानबिनको माग राखे ।

यस्तै कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठले पनि नगर बस खरिदमा भ्रष्टाचार भएको आरोप प्रदेश सभामा लगाइन् । नगर बस खरिदमा भ्रष्टाचार भएको बिषय दुई वटा सदनमा उठेपछि इटहरीले खरिद गरेका इलोक्ट्रीक बसको चर्चा देशै भर भइरहेको छ ।

इटहरी उप महानगरमा नेपाली काँग्रेसका हेमकर्ण पौडेल मेयर छन् ।  उनै मेयर पौडेलको नेतृत्वमा नगर बस खरिदमा अनियमितता भएको आरोप लागिरहेको छ ।

उप महानगरले इलेक्ट्रक बस खरिद गर्नका लागि भ्याट सहित ६ करोड ८८ लाख रुपैयाँको टेन्डर २०८० साल भदौमा खोलेको थियो । टेन्डर खेलेसँगै तीन वटा कम्पनीले बस खरिद गर्नका लागि उप महानगरसँग प्रस्ताव पेस गरेका थिए ।

nagar palika

 महानगरलाई बस दिनका इच्छा जाहेर गर्दै सप्रिदी ट्रेडिंग प्राली ,एनइभी नेपाल प्राली र नेश्नल फायर सेफ प्रालीले प्रस्ताव उप महानगरमा प्रस्ताव पेस गरेका थिए । प्रस्ताव पेस गर्नेमा साझा सहकारीले खरिद गरेको इलेक्ट्रिक बस बेच्ने कम्पनी एनइभी प्राली समेत सहभागी भएको थियो ।

साझाले साझाले २०७९ असोज २२ गते चीनको सिएचटिसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० वटा बस खरिदका लागि सम्झौता गरेको थियो । एनइभी नेपाल प्राली  सएचटिसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी म्यानुफक्चरीक इजाजत पाएको नेपाल स्थित कम्पनी हो ।

जस अनुसार सप्रिदी ट्रडिंगले ७ करोड ५६ लाख रुपैयाँको प्रस्ताव हालेको इटहरी उप महानगरपालिकाले उपलब्ध गराएको कागजतमा उल्लेख छ ।

सो कम्पनीले इटहरी उप महानगरले प्रस्ताव आव्हान गरेको रकम भन्दा ९ दशमलव ८८ प्रतिशत बढीको प्रस्ताव पेस गरेको देखिन्छ ।

यसै गरी बस खरिदका लागि इच्छुक देखिएको अर्को कम्पनी एनइभी नेपाल प्रालीले भने उप महानगरले प्रस्ताव गरेको भन्दा १ दशमलव ६० प्रतिशत विलोमा प्रस्ताव हालेको देखिन्छ  । सो कम्पनीले ४ वटा इलेक्ट्रिक बस खरिदका लागि ६ करोड ७० लाख रुपैयाँको प्रस्ताव पेस गरेको इटहरी उप महानगरपालिकाको कागजतमा उल्लेख छ ।

यस्तै  नेश्नल फायर सेफ कम्पनीले भने ६ करोड ३६ लाख ८६ हजार ८ सय रुपैयाँको प्रस्ताव पेस गरेको छ । सो कम्पनीले उप महानगरले टेन्डर खोलेको भन्दा ७ दशमलव ४३ प्रतिशत कममा प्रस्ताव पेस गरेको छ ।

उप महानगरले  प्रस्ताव पेस गरेका तीन वटा कम्पनी मध्ये सबैभन्दा कम प्रस्ताव पेस गरेको नेश्नल फायर सेप कम्पनीसँग नै बस खरिद गरेको भए पनि अनियमीति भएको आशङ्का गरिँदै आएको छ ।

इटहरी उप महानगरपालिका खरिद शाखाका मेकानिकल इन्जिनियर रुपेश आचार्य खुल्ला प्रतिस्पर्धाबाट बस खरिद गरिएको दाबी गर्छन् । सार्वजनिक खरिद ऐनको प्रक्रिया पूरा गरेका छौ ।

इटहरीका मेयर हेमकर्ण पौडेलले यो नगर सभाले छुट्टाएको नगर बस खरिद शीर्षकबाटै बस किनिएको बताए । उनले भनेस्थानीय तहले खरिद गर्दा अपनाउनु पर्ने सबै प्रक्रिया पुरा गरेर बस खरिद भएको हो ।

सार्वजनिक खरिद ऐन अन्तरगत प्रस्ताव आव्हान गरेर भएको हो । हामीले प्रस्ताव आव्हान ग¥यौ । आव्हान पछि विभिन्न कम्पानीहरुले प्रस्ताव हाले । सबै भन्दा कममा खरिदको प्रस्ताव गर्ने कम्पनीसँग बस किन्यौ ।

उनले बस खरिदको प्रक्रियाका बारेमा आवश्यक पर्ने कागजत सार्वजनिक भएकाले कहि कतै अनियमतिता भएको लागे अख्तियार जान चुनौती दिए । उनले भनेर्, माननीयहरु पनि भ्रष्टचार भयो भनेर सदनमा बोल्दै हुनुहुन्छ । खरिद प्रक्रियाका बारेमा सवै डकुमेन्ट सार्वजनिक भएको छ अख्तियार गए भो । ’