विराटनगर । माओवादीले समर्थन र विश्वासको मत फिर्ता लिएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् ।
गत वैशाख २७ गते माओवादी र एमालेका प्रदेश सभा सदस्यको समर्थनमा कार्की मुख्यमन्त्री भएका थिए । संविधानको धरा १६८(५) अन्तरगत मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई माओवादी भदौ १४ गते समर्थन र विश्वासको मत फिर्ता लिएको थियो । 
सङ्घीय सरकारमा गठबन्धन परिवर्तन भएसँगै कोशीमा पनि गठबन्धन परिवर्तन भएको थियो । कोशीमा पनि काँग्रेस र एमाले मिलेर सत्ता साझेदारी गर्ने तयारी गरेपछि माओवादीका ३ मन्त्री र एक राज्यमन्त्रीले साउन ११ गते राजीनामा दिएका थिए । 
कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा तेस्रो पटक नियुक्त भएका कार्कीले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।
गठबन्धन परिवर्तन भएसँगै अहिलेको सरकारसँग दुई तिहाइ बहुमत रहेको छ । कोशी प्रदेश सभामा एमालेका सभामुख सहित २० र नेपाली काँग्रेसका २९ जना प्रदेश सभा सदस्य रहेका छन् । संविधानको धारा १६८ ९५० मुख्यमन्त्री बनेका कार्कीको पक्षमा दुई तिहाइ बहुमत छ ।