विराटनगर ।  कोशी प्रदेश सरकारका  मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ले बिश्वासको मत प्राप्त गरेका छन् । दुई तिहाइ मत सहित उनले बिश्वासको मत प्राप्त गरेका छन् ।  विभाजनको प्रक्रिया मार्फत भएको मतदानमा पक्षमा ६६  मत प्राप्त भएको छ भने विपक्षमा १५ मत प्राप्त भएको छ।
त्यस्तै   नेकपा एस समाजबादिका   जनाले  २ जनाले मतदान गरेनन्  । आजको सभामा प्रदेश सभाका सदस्य ८३ उपस्थिति रहेका थिए । यस अघि मुख्यमन्त्री  कार्कीले वैशाख  ३१ गते  बिश्वासको मत लिएका थिए । गत भदौ १४ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि आज पुन बिश्वासको मत लिनुपरेको हो ।
कोशी प्रदेशमा ९३ प्रदेश सभा सदस्य छन् । नेकपा एमालेका ४० ,नेपाली काँग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३ ,राप्रपाका ६ नेकपा एकीकृत समाजबादिका ४ र जसपाको एक प्रदेश सभा सदस्य छन् । कोशी प्रदेशमा नेकपा एमाले र नेपाली काँग्रेसको सरकार छ ।