विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँका समर्थकहरूले झापामा यातायात बन्दको आव्हान गरे पनि बन्द प्रभावहीन भएको छ । व्यवसायी प्रसाईँलाई पक्राउ गरेको विरोधमा बन्द आव्हान गरिएको भए पनि सवारीका साधन निर्बाध चलेका छन् । बिहान भने कहिबेर बन्दको प्रभाव परेको थियो । प्रसाईँ पक्राउ परेको विरोधमा आव्हान गरिएको बन्दका क्रममा उनका समर्थकहरूले राती भने ३ वटा भारतीय ट्रकमा आगजनी गरेका छन् । उनीहरूले यूपी –५७ एटी–४४९३ नम्बरको मालवाहक ट्रकमा आगो लगाइएको प्रहरीले जनाएको छ ।
६ वटा मोटरसाइकलमा आएका प्रसाईँको समर्थकले लाई बनाउन प्रयोग हुने कच्चा पदार्थ बोकेको ट्रकमा आगजनी गरेका हन् । यस्तै प्रसाईँका समर्थकहरूले डब्लूबी–७३–ई–३०५७ नम्बरको खाली ट्रकमा पनि आगो लगाएका छन् । यसै गरी उनका समर्थकहरूले झापाको धाइजनमा डब्लूबी–७३–ई–३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी गरिएको छ । प्रहरीका अनुसार ३ वटै ट्रकमा प्रसाईँका समर्थकले आगजनी गरेका हुन् । मेडिकल व्यवसायी प्रसाईँलाई हिजो प्रहरीले पक्राउ गरेको थियो । प्रसाईँ पक्राउ परेसँगै रिहाइको माथ राख्दै उनका समर्थकहरूले झापा बन्दको आव्हान गरेका छन् । राष्ट्र राष्ट्रियता धर्म सस्कृती र नागरिक बचाउ अभियानका नाममा उनीहरूले आन्दोलन समेत सुरु गरेका छन् ।
प्रसाईँलाई रिहा गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएकामध्ये २ जना समर्थकलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बल ९पीडीएफ० का मेची अञ्चल संयोजक दुरेन राई रहेका छन्।