विराटनगर । काठमाडौंबाट भोजपुरतर्फ गइरहेको एउटा यात्रु बस सिन्धुलीमा दुर्घटनाग्रस्त भएको छ । भोजपुरका लागि गइरहेको बस मदन भण्डारी राजमार्गअन्तर्गत हरिहरपुर गाउँपालिका(५ द्वारखोलाको पुलनजिकै दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो । बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको यात्रुबाहक बस दुर्घटनामा ज्यान गुमाउनेको नाम खुलिसकेको छैन ।
हरिहरपुर गाउँपालिका(५ का वडाध्यक्ष कमलकुमार राईले दुर्घटनामा दुईजना यात्रुको मृत्यु भएको पुष्टि गरेका छन् । तर उनले मृतकको सनाखत भइनसकेको बताए । बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए।
बसमा ४७ जना यात्रु सवार थिए । घाइतेहरूलाई कपिलकोट र सिन्धुली जिल्ला अस्पताल पठाइएको उनले बताए । बस सडक छेउमै पल्टिएर दुर्घटनाग्रस्त भएपछि क्रेनले तानेर निकालिएको छ ।