सुनसरी । प्रधानमन्त्री केपि शर्मा ओलीले सोलुखुम्बुको लुक्ला मुनिको सडक उद्धघाटन गरेका छन ।
लुक्लामुनि सुर्केसम्म पुगेको ङिमदोर्जी शेर्पा पर्यटन सडकको शनिबार प्रधानमन्त्री ओलीले उद्धघाटन गरेका हुन । सडकको उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वको सर्वोच्च शिखर रहेको खुम्बु क्षेत्र विश्वकै आकर्षक पर्यटकीय गन्तव्य भएको भन्दै यश क्षेत्रको विकासमा नेपाल सरकार लागि पर्ने बताए ।
उनले खुम्बु पासाङल्हमु गाउँ पालिका केन्द्र चौरीखर्कसम्म कालोपत्रे सडक निर्माण गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा भौतिक योजना मन्त्री देवेन्द्र दाहालले खुम्बु क्षेत्रको पर्यटन सडकलाई कालो पत्रे गर्न आवश्यक बजेट ब्यवस्थापन गर्ने आश्वनसन दिए ।
रक्षामन्त्री मानवीर राइले जलविद्युत र पर्यटनकमा प्रचुर संभावना बोकेको सोलुखुम्बुको सर्वाङ्गिण विकासमन वर्तमान सरकार लागि परेको वताए । कोशी प्रदेशका मुख्य मन्त्री हिकमत कुमार कार्कीले यो पर्यटन सडक नेपालको होचो स्थान केचनाकवललाइ विश्वको उच्च स्थानमा जोड्न उपयोगी हुने भन्दै पुर्वाधार विकासमा प्रदेश सरकारले ठोस योजना अगाडि सार्ने प्रतिबद्धता ब्यक्त गरे ।
समाहरोहमा बोल्दै कोशी प्रदेश सभा तथा पुर्व मन्त्री बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बुलाइ बजेट र कार्यक्रम दिने कुरामा संघिय सरकारले उपेक्षा गरेको गुनासो पोखे । सदरमुकाम सल्लेरीबाट ६४ किलोमिटर दुरीमा सुर्केसम्म सडक आईपुगेको छ ।
यशअघि माप्यदुधकोशीको सिमाना खरिखोलासम्म पुगेको सडकलाई विस्तार गरि विभिन्न जलविद्युत आयोजना र पालिकाको समेत गरि १६ करोडको लागत सुर्केसम्म कच्ची सडक पुगेको पालिकाका प्रबक्ता लाक्पाछिरि शेर्पाले बताए ।