सुनसरी — ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले २५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
धरान रंगशालामा शनिबार भएको उद्घाटन खेलमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजले विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
चर्च ब्वाइजलाई सेमिफाइनलमा पुर्याउन सन्तोष खत्रीले निर्णायक गोल गरे । उनले दोस्रो हाफको दोस्रो मिनेटमा गोल गरेका थिए ।
उनी म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ हात पारे । आइतबारको खेल आयोजक धरान फुटबल क्लब र युकेएफसी भारतबीच हुनेछ । आयोजक धरान फुटबल क्लबले रजत महोत्सवको रुपमा आयोजना गरेको गोल्डकपमा भारत र भुटानका दुई सहित ८ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ, सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैयाँ र विधागत उत्कृष्टले जनही २५/२५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।