सुनसरी । झापा ११ फुटबल क्लबलाई पराजित गर्दै ए डिभिजन क्लब मछिन्द्र १५ औँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 इटहरी रंगशालामा सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा मछिन्द्रले झापामाथी १–० को संघर्षपूर्ण जीत निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । मछिन्द्रको जीतमा मल्लिक बामिदेले युसुफले निर्णयक गोल गरे । 

उनले खेलको ३१ ऋौं मिनेटमा गरेको यो गोलनै निर्णायक बन्दा सेमिफाइन यात्रा सहज बन्यो । खेलको म्यान अफद म्याच समेत उनीनै घोषित हुदै नगद १० हजार पाए । मटिन्द्रले अव सेमिफाइनलमा युनाइटेड खर्साङ फुटबल क्लब युकेएफसी संग बुधबार प्रतिष्पर्धा गर्नेछ ।

 मंगलबारको अन्तिम क्वाटरफाइनल खेल साबिक बिजेता चर्च ब्वाइज युनाइटेड र धरान फुटबल क्लबबिच प्रतिष्पर्धा हुनेछ । फागुन १० गतेसम्म हुने प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन ।