सुनसरी– इटहरी आदर्श जाईन्टसले कोसी प्रिमियर लिग क्रिकेटमा लगातार दोस्रो जीत हात पारेको छ ।
सुनसरीको भोक्राहा नरसिंह स्थित डा. खालिल आजाद खेल मैदानमा बुधवार भएको पहिलो खेलमा इटहरी आदर्शले पूर्वेली सुपर किंग्स विराटनगर माथि २६ रनको जित निकाल्यो ।
इटहरीले दिएको १ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको ललित राजवंशीको टिम विराटनगरले ९ विकेटको क्षतिमा १ सय ११ रन मात्र बनाउन सक्यो ।
उसका लागि अर्जुन साउदले ४८ रन जोडे । श्रवण यादवले १४ र अभिषेक शर्माले ११ रन बनाए । इटहरीका रासिद खानले ४ र भूपाल लुइँटेलले ३ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इटहरीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३६ रनको योगफल खडा गरेको थियो ।
उसका लागि गुल्सन झाले सर्वाधिक ३२ रन बनाउँदा अर्जुन घर्तीले २५ र रासिद खानले २३ रनको योगदान दिए ।
खेलको प्लेयरअफद म्याच रासिद खान घोषित हुँदै नगद ५ हजार पाए ।
      बुुधबारनै भएको दोस्रो खेलमा नमुना ब्लाष्टरले पहिलो जीत हात पारेको छ ।
उसले दुहबी क्यापिटल माथि २७ रनको जित निकाल्दै पहिलो जीत हात पारेको हो भने दुहबीको यो लगातार दोस्रो हार हो ।
डा. खालिल आजाद खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नमुनाले १ सय ४६ रन बनाएको थियो ।
सय ४७ रनको विजयी लक्ष्य पछ्याएको दुहबीले ९ विकेटको क्षतिमा १ सय २० रन मात्र बनाउन सक्यो ।