विराटनगर । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाको आयोजनामा ‘अन्तर कलेज हाजिरीजवाफ’ प्रतियोगिता हुने भएको छ ।  पत्रकार सम्मेलन गर्दै क्लबले प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

विराटनगरमा फागुन १६ गते हिसान मोरङको सहकार्यमा हुन लागेको अन्तर कलेज हाजिरीजबाफ प्रतियोगितामा १२ वटा निजी तथा सामुदायिक कलेजबीच प्रतिस्पर्धा हुने अध्यक्ष आर्यन बाँस्कोटाले जानकारी दिए । प्रतियोगितामा पोखरिया मावि, ग्रिनल्याण्ड कलेज, महेन्द्रमेमोरियल स्कुल–दुहवी, सत्यनारायण मावि, दिल्ली पब्लिक स्कुल, अर्किड कलेज (ए), अर्किड कलेज (बी), अरनिको कलेज, मेरिल्याण्ड कलेज, कान्तिपुर कलेज, शिक्षादीप कलेज र बिकेभिएम स्कुलबीच प्रतिस्पर्धा हुनेछ ।

सहभागी १२ कलेजमध्ये फाइनल राउण्डमा ४ वटा कजेलबीच प्रतिस्पर्धा हुन्छ । प्रतियोगिताको विजेताले १६ हजार १ सय, उपविजेताले ११ हजार १ सय, तृतीयले ५ हजार १ रुपैयाँका साथै ट्रफी, मेडल, प्रमाणपत्र र गिफ्ह्याम्पर प्राप्त गर्ने छन् । पत्रकार सम्मेलनमा लायन्स क्लब अफ विराटनगर सेन्ट्रलका अध्यक्ष फडिन्द्र अधिकारी लगायतकाे उपस्थिति रहेकोे थियाे ।