विराटनगर। कोशी प्रदेश प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिताको मंगलबार भएको खेलमा मोरङ र झापा विजयी भएको छ।
वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मोरङले इलामलाई १७६ रनले पराजित गरेको छ।
जितपछि मोरङ २ खेलमा ४ अंककासाथ शीर्ष स्थानमा उक्लिएको छ। इलाम ३ खेलमा १ मा जित २ मा पराजितका साथ २ अंकले चौथो स्थानमा झरेको छ।
टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाई ११८ रनको योगफल तयार पारेको थियो। मोरङका सकिव हलले ४५ रन बनाउँदा चिराग साहले ४१, सन्तोष चौधरीले ३७ रन र फिर्दोस अन्सारीले २१ रनको योगदान दिए।
इलामका सुयोग भट्टराई, हेमन राई र विशाल आचार्यले २–२ विकेट लिए।
२१९ रनको लक्ष्य पछ्याएको इलामले १४.४ ओभरमा सबै विकेट गुमाई ४२ रनमा सीमित भयो। इलामका सन्दीप ढुंगानाले सर्वाधिक १३ रनको योगदान दिए।
मोरङका प्लेयर अफ म्याच महबुब बाबु इराकीले ३ विकेट लिँदा मिनश थापाले ३ विकेट लिए।
मेरिवोन ज्वाला विराटनगर क्रिकेट मैदानमा भएको खेलमा झापाले उदयपुरलाई ६ विकेटले पराजित गरेको छ। जितपछि झापा २ खेलमा १ मा जित १ मा पराजित हुँदा तेस्रो स्थानमा उक्लिएको छ भने उदयपुर ३ खेलमा तीनै खेलमा पराजित हुँदै पुछारमा छ।
टस हारेर जितेर ब्याटिङ गरेको उदयपुरले निर्धारित ५० ओभरको खेलमा ४३.२ बलमा सबै विकेट गुमाई १५१ रनको योगफल बनायो। उदयपुरका आशिष् भट्टराईले सर्वाधिक ८१ रनको योगदान दिए। झापाका प्लेयर अफ म्याच समिच कार्कीले ४ विकेट लिँदा सिद्धान्त कुमालले ३ विकेट दिए।
१५२ रनको विजयी लक्ष्य पाएको झापाले ३९.५ बलमा ४ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो। झापाको जितमा दिपु भुजेलले अविजित ५१ रनको योगदान दिँदा सुजन थपलियाले ४३ रनको योगदान दिए। उदयपुरका दीपकराज जोशीले २ विकेट लिए।