सुनसरी । इस्टर्न टुरिजम मार्टको पांचौ संस्करण फागुन २५ गते देखी इटहरीमा हुने भएको छ ।
नेपाल पर्यटन बोर्डको आयोजनामा हुने मार्ट फागुन २५ देखी २७ गतेसम्म चल्ने इटहरीमा बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । कोसी प्रदेशको पर्यटनका मुख्य लक्षित वर्ग भारतीय पर्यटकहरू र प्रदेशका पर्यटन ब्यवशायीहरुबिच एक स्थानमा जमघट गराएर व्यवसाय आदानप्रदान गराउने उदेश्वले यस पटक पनि मार्टलाई निरन्तरता दिएको बोर्डका कार्यक्रम प्रबन्धक उदय भटराईले जानकारी दिए ।
तीन दिनसम्म चल्ने कार्यक्रममा प्रदेशका व्यवसायी, आकर्षण र गन्तव्यहरूको एकीकृत प्रवर्द्धन हुने गरी विभिन्न प्रस्तुति रहने कार्यक्रम संयोजक रबिन गौतमले जानकारी दिए । 
    भारतको बङ्गाल, बिहार, सिक्किम र भुटानका गरी एक सय बढी पर्यटन व्यवसायी, ग्रामीण पर्यटनकर्मी र धार्मिक पर्यटन क्षेत्रका संस्था गरी एक सय ५० स्टलहरू रहने कार्यक्रम संयोजक गौतमले जानकारी दिए ।
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फागुन २५ गते उद्घाटन गर्ने कार्यक्रमको समापन २९ गते विराटनगरमा गरिने नेपाल पर्यटन बोर्डका कार्यक्रम प्रबन्धक भटराईले बताए । कार्यक्रमका दौरानमा प्रमुख पर्यटकीय गन्तव्यहरू धरान, भेडेटार, वराहक्षेत्र, कोश टप्पु, रामधुनी लगायतका स्थानहरूको अवलोकन तथा अन्तरक्रिया गराइने छ ।
कार्यक्रममा पूर्व क्षेत्रको पर्यटन पूर्वाधारमा ठुलो लगानी गर्ने ब्यवशायीहरुलाई पर्यटन अवार्डले सम्मान गरिने जनाइएको छ ।
कार्यक्रम सम्पन्न गर्न पर्यटन बोर्डले ३० लाख, इटहरी उपमहानगर र कोसी प्रदेश सरकारले पाँच–पाँच लाख रुपैयाँ उपलब्ध गराउने भटराईले जानकारी दिए ।